Rashtriya Dainik

बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारीः विनोद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताउनु भयो ।

चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा,शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताउनु भयो । युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको बताउनु भयो । चौधरीले सबै चार्टर्ड एकाउण्टेन्ट्सहरुलाई भेटेर भोट माग्ने आकांक्षा रहेपनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गर्नुभयो ।

चौधरीले आफूले चार्टड अकाउण्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताउनु भयो । उहाँले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको बताउनु भयो ।

चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपुर प्रयोग गरेको बताउनु भयो । उहाँले आफूलाई धन सम्पतीको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहा¥याउनु भयो । उहाँले नेपालमा बहुमतको सरकार आएपनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गर्नुभयो । चौधरीले नेपालमा धेरै राजनीतिक परिवर्तन भएपनि देशको अवस्था नबद्लिएको बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित