नवलपरासी : चौधरी फाउण्डेसनले झाडापखाला प्रभावित क्षेत्र रामग्राम नगरपालिकामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका–१८ मा झाडापखालाले ठूलो संंख्यामा विरामी भएका थिए । उक्त क्षेत्रमा चौधरी फाउण्डेसनले शुक्रबार स्वास्थ्यसामग्रीका साथै राहत सहयोग उपलब्ध गराएको हो ।
फाउण्डेसनले स्थानीय तहसँगको समन्वयमा प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग गरेको वडा नं. १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले जानकारी दिए । उनका अनुसार केहि दिनदेखि फैलिएको झाडापखालाबाट झण्डै दुई सय जना विरामी भएका थिए । 
चौधरी फाउण्डेसनले विशेषज्ञ टीमसहित स्वास्थ्यकर्मी पठाउनेबारे पनि स्थानीय तहसँग छलफल गरेको थियो । ‘उहाँहरु (चौधरी फाउण्डेसन) ले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँछौं पनि भन्नुभएको छ तर अहिले विरामी सबै जना प्राथमिक उपचारपछि घर फर्किनुभएको छ,’ वडाध्यक्ष मगरले भने, एक्कासी ठूलो संख्यामा झाडापखालाका विरामी हुँदा चौधरी फाउण्डेसनले जुन सहयोग ग र्यो । यसले ठूलो राहत पुगेको छ ।’ झाडापखाला कसरी फैलियो भन्नेबारे एकिन जानकारी नभएको नगरपालिकाका मेयर धनपत यादवले बताए ।

चौधरी फाउण्डेसनले विभिन्न औषधिका साथै सरसफाईका सामग्री उपलब्ध गराएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

