Rashtriya Dainik

प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति जनलहर बढ्दै

वीरगंज २८ असोज
जनता समाजबादी पार्टी र नेकपा एमाले बाट संयुक्त रुपमा पर्सा क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति उक्त क्षेत्रमा जनलहर बढ्दै गएको देखिएको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभालाई लक्षित गरी मतदाताको घरदैलोमा पुग्दा उहाप्रति जनताहरुको छुट्टै उत्साह देखिएको हो । घरदैलो कै क्रममा आज पर्साको बिन्दवासिनी गाउँपालिकाका अमरपट्टि , झौवा, माधवल र ईटियाहिमा पुग्दा त्यहाका मतदाताले डा.गुप्ता कुर्मी स्वास्थ्यमा विज्ञता हासिल गरेको र उहा युवा जोस भएको व्यक्ति भएकोले आफ्ना अमुल्य मत उहालाई नै दिने बताएका छन । उनीहरुले समाजलाई अगाडी बढाउँन शिक्षित र विज्ञता भएको व्यक्तिको खाचो भएको र डा.मधुगुप्ता कुर्मी संग यो सबै भएकोले हामीले हाम्रा गाउँ ठाउँको नेतृत्व गर्नको लागी हामीले उहालाई मत दिन आतुर रहेको बताएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित