Rashtriya Dainik

महेशपुरको सडक एवं ढल निर्माणमा गुणस्तरहिन काम : नियमन गर्ने निकाय मौन

राष्ट्रिय दैनिक / नवलपरासी ,२८ असोज

पश्चिम नवलपरासीको सिमा नाका महेशपुरको सडक तथा ढल निर्माणमा कमसल समाग्रिको प्रयोग गरि भ्रष्टाचार भइरहेको आरोप स्थानियले लगाएका छन् ।

नियमन गर्ने निकायको मौनता, सरोकारवाला प्राविधिकको मिलोमतोमा कमसल समाग्रि प्रयोग गरि गुणस्तरहिन कार्य गरेर भ्रष्टाचार गरिएको स्थानियबासीले दाबी गरेका हुन् ।

पाल्हीनन्दन गाउपालिका १ स्थित महेशपुर नाकासम्मको सडक फराकिलो गर्ने कार्यमा बन्दै गरेको सडक आयोजनाको काममा कमसल समाग्रिको प्रयोगले निर्माण भई रहेको स्थानिय बताएका छन् ।

काम गर्ने ठेकेदार मिट्ठु गिरी रहेको र त्यसले कुनै होर्डिगँ बोर्ड राखी सुचना समेत राखिएको छैन् ।

महेशपुर भन्सारसम्म सडक फराकिलो गर्ने गरि बेलहिया—बुटवल सडक अयोजनाले नै हेर्ने गरि सडक विभागले टेण्डर गरेको थियो । ठूठीबारी जाने नेपाल भारत सिमा दशगजा देखी महेशपुर भन्सारसम्म कुल ३ सय ३६ मिटर सडक फराकिलो गरि दुबै किनारमा ढल निर्माण,ढल माथि ढक्कन,माटो पुर्ने,ग्राभेल गरि पिच गर्ने र रिटनिगँवाल सहितको काम गर्ने गरी २ करोड ६० लाखमा समन कन्ट्रक्सन प्रा.लि खैरहनी रुपन्देहीले ठेक्का कबोल गरि काम गरिरहेको छ ।

मंसिर भित्रै सकिने ठेक्का हालसम्म २५ प्रतिसत मात्र काम भएको छ । परियोजना कार्यालय समेत हटेर अहिले सो कामको अनुगमन,मुल्याँकन,नियमन गर्ने कार्य सडक डिभिजन कार्यालयको जिम्मामा गएको छ । तर ठेक्का एउटा निकायले गर्ने र नियमन आर्को निकायले गर्ने अहिलेको समस्याले पनि भ्रष्टाचार र अनियमितता हुने गरेको पाइएको छ ।
ठेकेदारले ढलमा अउवल इटाको सट्टा सेम इटा प्रयोग गर्ने साथै स्थानिय खोलाकै माटो मिश्रित बालुवा प्रयोग हुदा गुणस्तरहिन काम भईरहेको स्थानियले आक्रोस पोखेका छन् ।

नजिकै भन्सार कार्यालय र सिमा प्रहरी कार्यालय भएता पनि उनिहरुले गुणस्तरहिन कामबारे नबाेल्दिदा ठेकेदारको दवाव र प्रभावमा परेको हुन सक्ने आशँका पनि स्थानियबासीले गरेका छन ।

स्थानियबासीको पहुँच बुटवल र काठमाडौसम्म पुग्दैनन् । सडकमा भई रहेको अनियमितताबारे सम्बन्धित सडक हेर्दै आएका इन्जिनियर दुगौ भण्डारीले भने, केही कमसल इटाहरु पनि इटा सप्लाई गर्ने इटा भट्टाले मिसावट गरि पठाउने गरेको छ,मिसावट इटालाई छानेर सकेसम्म फिर्ता पठाउने गरेको प्रतिकृया उनले दिए ।

तर निर्माण स्थलमा आई सकेका कुनै पनि समाग्रि फिर्ता नभएको स्थानियबासीको भनाई रहेको छ । कसैले विरोध गरेमा केही इटा दुई चार दिनसम्म प्रयोग नगर्ने तर लुकिछिपी फेरी त्यही निर्माण कार्यमा यस्ता कमसल समाग्रि प्रयोग हुने गरेको स्थानियको दाबी रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित