नवलपरासी , २७ असाेज
पश्चिम नवलपरासीको रामग्राम १८ पम्फापुर गाँउमा झाडापखला र भाईरल ज्वराको प्रकोप बढ्दै गएको छ ।
बिहीबार साझ सम्म चार जना गम्भिर बिरामि परेकामा गएराति थप १३ जनालाई अस्प्ताल भर्ना गरिएको छ । हाल पृथ्वी चन्द्र अस्पताल परासीमा झाडापखला र ज्वरोका कारण बिरामि परेका १७ जनाको उपचार भईरहेको छ । पम्फापुर पश्चिम टोलाका १ सय ९ जना विरामि परेका छन् ।
गाँउका बालबालीकाका देखि वृद्धवृद्धा सम्म सबै विरामी रहेका छन ।
दुर्गा पुजा समापनका अवसरमा गाँउमा भएको भोज (भण्डारा) खाएका सबै विरामि परेका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

