राज चौधरी / नवलपरासी , २७ असोज
जनता प्रगतिशिल पार्टिका अध्यक्ष हृदयेश त्रिपाठिले निष्ठाको लागी आफु संसदिय चुनावमा होमिएका वताएका छन् ।
पश्चिम नवलपरासीको परासीमा पत्रकारहरु सँगको कुराकानीमा नेता त्रिपाठीले आफ्नो जिवन राजनितिमा समर्पित गरेको भन्दै धनको शोकले राजनितिमा आउनेहरुले असाधारण दुर्गामि असर पार्ने भन्दै जनताले यस्तो प्रवृतिलाई निरुत्साहित गर्ने बताउनुभयो ।
धनाड्य डलर अर्वपति विनोद चौधरीलाई लक्षित गर्दै नेता त्रिपाठीले नवलपरासीका जनताले पर्यटक उम्मेदवारलाई स्विकार नगर्ने बताएका छन् । अाज पत्रकार सम्मेलन गर्दै त्रिपाठीले अाफु हृदयेश ब्रान्ड रहेको बताउदै कसैले नि हराउन नसक्ने बताए ।

आफुलाई सहयोग गर्ने भनेर नेकपा एमालेले उम्मेद्धवारी फिर्ता गरेकोमा धन्यवाद दिदै नेता त्रिपाठीले नवलपरासीकै भुमि पुत्र भएको भए आफुले चुनाव नलड्ने बताउदै अन्य राजनितिक दलबाट टिकट नपाएकाहरुको तर्फबाट पनि आफुले उम्मेद्धवारी दिएको त्रिपाठिको भनाई छ ।
नवलपरासी वर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यको लागी डलर अर्वपति विनोद चौधरी संग त्रिपाठी आम्नेसाम्ने छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

