वीरगंज २६ असोज निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचन आउन ४० दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो।
आयोगले पर्सा जिल्ला क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका अजय द्विवेदीलाई माछा चुनाव चिन्ह दिएको छ। निर्वाचन अधिकृतको कार्यालयले बुधबार द्विवेदीलाइ चुनाव चिन्ह दिएको हो।
द्विवेदी नेपाली काग्रेसका पुर्व सभापति हुन्।उनी२०५४ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित द्विवेदी २०६४को पहिलो संविधान सभा निर्वाचनमा पर्सा २ बाट निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा उनि वीरगन्ज महानगरको मेयरमा पराजित भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

