पर्सा २७ असोज
वीरगञ्जस्थित वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल मल्लको नेतृत्वमा खटेको प्रहरी टोलीले ठूलो मात्रमा लागूऔषध चरेससहीत २ युवकलाई पक्राउ गरेको छ । इन्सपेक्टर मल्लको नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेससहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र सोही स्थानका राज चौरसिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इन्सपेक्टर मल्लको नेतृत्वमा वडा प्रहरी कार्यालय विर्ताबाट खटेको टोलीले सवारीसाधन र पैदल यात्रु चेकजाँचका क्रममा चरेससहित रायलाई पक्राउ गरेको थियो ।
रायको बयानका आधारमा चरेस ओसार पसारमा चौरसियाको पनि संलग्नता रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

