Rashtriya Dainik

कार्तिक २ र ३ गते भिटामिन ए खुवाइने

५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ । आगामी कार्तिक २ र ३ गते भटामिन ए खुवाउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका निर्देशक डा.विवेक कुमार लालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन ए कार्यक्रमबारे जानकारी दिएको छ ।

कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सवन्वय गर्न महाशाले अनुरोध गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित