उमेश बि.क / नवलपरासी , २७ असाेज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पश्चिम नवलपरासीमा रोचक प्रतिष्पर्धा हुने देखिन्छ । पश्चिम नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ नेपाली कांग्रेसबाट उम्मेदवारी दिइएका डलर अर्बपति विनोद चौधरी र हृदयेश त्रिपाठीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। चौधरी सत्तागठबन्धनको उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन्। भने त्रिपाठी केही महिना अघि आफैँले दर्ता गरेको नयाँ दल जनता प्रगतिशिल पार्टी (जप्रपा) बाट चुनावी मैदानमा उत्रिएका हुन्। चौधरी २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट र २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन्। चौधरी चुनाव लड्ने क्षेत्र जप्रपाका अध्यक्ष एंव पूर्वमन्त्री त्रिपाठीको गृह क्षेत्र हो। २०४८ सालदेखि लगातार भएका ६ वटा निर्वाचनमध्ये त्रिपाठीले ५ वटा निर्वाचन जितेका छन्। २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा मात्र त्रिपाठी नेपाली कांग्रेसका देवकरण कलवारसँग ६ हजार मतान्तरले पराजित भएका थिए। २०७४ को चुनावमा एमालेको चुनाव चिन्ह लिएर प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठी अहिले एमालेसंग गठबन्धन गरेका छन्। राजनीतिका चतुर खेलाडी मानिने त्रिपाठीले एमालेको सहयोगमा चुनाव चिन्ह (कोदालो बोकेको किसान) बाट मैदानमा उत्रिएका छन । पटक पटक दल परिवर्तन गर्ने नेताको रुपमा परिचित त्रिपाठी सद्भावना पार्टि, तमलोपा, स्वतन्त्र राजनैतिक समुह हुँदै पछिल्लो समय जनता प्रगतिशिल पार्टिबाट उम्मेदवारी दिएका हुन । मतदाताले कस्लाई रुचाउने छन् त्यसको फैसला मंसिर ४ ले गर्नेछ । तर, यी दुवै उम्मेदवार भोटलाई आफूतिर प्रभावित गर्ने दाउमा छन् । यहाँकाे निर्वाचन माहाेल र उनीहरूकाे विगत हेर्दा दुवै बलिया उम्मेदवार हुन् । तर, कस्ले बाजी मार्छ भन्ने हेर्न मंसिर ४ कुनुपर्ने हुन्छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।