पर्सा २७ असोज
जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेबाट पर्सा क्षेत्र नंं ३ का प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरुले पर्साको पकाहामैनपुरमा घरदैलौ गरेका छन् । पकाहमैनपुरको वडा नं ३ र ४ मा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
घरदैलो प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता र प्रदेशसभा सदस्य उम्मेदवार डा.मधु गुप्ता कुर्मीको सहभागिता थियो । डा. गुप्ताले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने बताउनुभयो ।
शिक्षा र स्वास्थ्य नै विकासका आधार भएकाले यसमा सबैको पहुँच आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालीलाई संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि यो आम जनताको पहुँचबाहिरको विषय बन्दै गएकाले सरकार यसमा गम्भीर हुनुपर्ने डा. गुप्ताले बताउनुभयो ।
डा. गुप्ताले शिक्षा र स्वास्थ्य सेवाको प्रभावकारिता आफ्नो एक मुख्य एजेण्डा भएको पनि स्पष्ट पार्नुभयो । पर्सा जिल्ला देशकै आर्थिक राजधानी भएर पनि यहाँको सामाजिक जीवनमा त्यसको प्रत्याभूति नभएको भन्दै आफ्नो क्षेत्रलगायत पर्सा जिल्लालाई नै विकासका नमूना जिल्लाको रुपमा चिनाउन आफू राजनीतिमा आएको पनि बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

