वीरगन्ज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम केन्द्रिय सदस्य राजकुमार गुप्ताले आज देखि घरदैलो कार्यक्रमको शुभारम्भका साथ आफ्नो सक्रियता बढाएका छन् । केन्द्रिय सदस्य गुप्ताले आज पकाहामैनपुर गाँउपालिकाको वडा नम्बर ३ र ४ अन्तरगतका टोलहरु पकाहा , मैनपुर , लहावरथकरी,खेश्राहा, भेलाहा , धोबीया टोल लगायतको गाँउहरुमा घरदैलो कार्यक्रम गरेका छन । कार्यक्रममा नेकपा एमाले र जस्पाका साझा प्रदेश सभा सदस्य(ख)का उम्मेदवार डा. मधु गुप्ता , (क)का उम्मेदवार मंजूर अंसारी , एमाले जिल्ला कमिटीका उप सचिव संजिव मिश्रा , प्रेस चौतारी पर्सा जिल्ला अध्यक्ष श्याम बञ्जारा , राष्ट्रिय युवा संघ पर्सा अध्यक्ष मोहमद निजाम , केन्द्रिय सदस्य रवि गुप्ता , नेता शिव पटेल , गाउँपालिका कमिटीका इञ्चार्ज विकास पाण्डेय , गाउँपालिका कमिटी अध्यक्ष अकलेश साह, उपाध्यक्ष कृष्ण कुशवाहा , नेता हनिफ अंसारी , पुर्व गाँउपालिका अध्यक्ष एवम पाकाहा मैनपुर गाउँपालिका निर्वाचन कमिटी अध्यक्ष बिचय चौरसिया,फरमान मियाँ, राजेश्व रौनियार,गम्भिरा साह लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । सो अवसरमा नेता गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को बिकाशको लागि एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । क्षेत्र नम्बर ३ को बिकाशको लागि आफु पहिला देखि नै कार्यहरु गर्दै आएको र अधुरा बिकाश निर्माणको काम पुरा गर्न पुनः जिताउन नेता गुप्ताले आग्रह गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

