राजन कुमार बानिया / पर्सा २५ असोज
सशस्त्र प्रहरीले भारी मात्रामा अबैध मालसमान सहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सशत्र प्रहरी वल,नेपाल पर्सा बीरगन्ज महानगरपालिका वडा नं.२४ स्थित रामगढवामा वि. ओ. पि. ड्राईपोर्टबाट खटिएको ०५ जना र वि.ओ. पि. सिर्सियाबाट खटिएको ०५ जनाको संयुक्त टोलिले बिल बिजक भन्दा बढी माल समान लोड गरेको अवस्थामा रु. २३ लाख ४८ हजार ८ सय ५८ रुपैया बराबरको कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरीको सामान तथा ईलेक्ट्रिक सामान सहित तीन वटा ट्रकलाई साेमवार राती ११ः३० बजेकाे समयमा नियन्त्रणमा लिइएको सशत्र प्रहरी बल १३ गण पर्साले जनाएको छ ।
ट्रक सहित बरामद भएको माल समान समेतको मुल्य रु. १ करोड १३ लाख ४८ हजार ८ सय ५८ रुपैया मुल्यङ्कन गरी आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशत्र प्रहरी वल १३ नम्बर गण पर्साका सूचना अधिकारी सशत्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार वस्नेतले बताए ।
सशत्र प्रहरीलाई प्राप्त भएको बिशेष सूचनाको अधारमा प्रहरी उक्त समान बरामद गर्न सफल भएको वस्नेतले बताए ।
जय माँ दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ३ ख १००९ सामानको मुल्य रु. १०,५४,६३६ रहेको,त्यसैगरी श्री दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ६ ख ७१ सामानको मुल्य रु ९,३२,६८० रुपैया र श्री दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ६ ख १८७८ सामानको मुल्य रु. ३,६१,५३७ लाख मुल्याङ्कन भएको सशत्र प्रहरी नायब उपरीक्षक वस्नेतले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

