राष्ट्रिय दैनिक / नवलपरासी , २४ असाेज नेपाली राजनितिमा निकै चर्चित नाम हो देवेन्द्रराज कण्डेल –(मुन्ना बाबु) । नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये कण्डेलको नाम पनि शिर्षस्थानमा मानिन्छ । पुर्व गृहराज्य मन्त्री समेत रहि सक्नु भएका नेता कण्डेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गर्नु भएको छ । राजनीतिमा नै जीवन समर्पण गर्नु भएका नेता कण्डेलको जीवन संघर्षपूर्ण छ । गाउँदेखि केन्द्रसम्म राम्रो पकड बनाउनु भएका कण्डेलले यतिबेला प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुनुहन्छ । पार्टीमा प्रभावशाली एवंम् कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका कण्डेल अहिले लुम्बिनी प्रदेशकाे पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष तर्फका प्रतिनिधि सभा सदस्यका उमेदवार हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा उहाँको राम्रो प्रभावसमेत देखिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि उहाँको आफ्नै घर रहेको रमपुरवाँ सिमा नाकासम्म फैलिएको यस निर्वाचन क्षेत्रमा कण्डेलको निकै पकड भएको क्षेत्र मानिन्छ । यस अगाबैको तिन तिन पटक सम्म निर्वाचित भई दुई पटकसम्म गृह राज्य मन्त्री हुँदा कण्डेलले गरेको कामले राष्ट्रिय चर्चा पाएको हो । कण्डेलले द्धन्द्धकालमा गृह राज्य मन्त्रीको भुमिकामा रहदा सरकारको तर्फबाट तत्कालिन अवस्थामा माओबादीका शिर्ष नेताहरुको टाउकोको मोल तोकेर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा कण्डेल एकाएक चर्चामा आउनुभएको थियो । नेता कण्डेलको पृष्ठभुमी वि.सं २०१३ चैत्र १४ गते बुवा पृथ्वीराज कण्डेल र आमा धनदेवी कण्डेलको कोखबाट जन्मिनु भएका नेता कण्डेलको जीवन पनि संंघर्षपूर्ण छ । अहिले सम्मको आफ्नो पूर्ण राजनीतिमै बिताउनु भएका नेता कण्डेल विद्यार्थी जीवनमा पढाईसँगै खेलमा अब्बल हुनुहुन्थ्यो । शैक्षिक योग्यताको हिसाबले उहाँ स्नातक तह उत्तीण हुनुहुन्छ भने विगतम अन्तर्राष्ट्रिय हकी खेलाडी भएर पनि नेपाल र भारतको समेत खेल जगतमा योगदान दिनुभएको छ । तर कण्डेलकी हजुरमुवा साथै बुबा पृथ्वीराज कण्डेलको राजनीतिक जीवनबाट अत्यन्त प्रभावित नेता देवेन्द्र पढाई र खेललाई विद्यार्थी जीवनमै बिट मार्नुभयो । उहाँको बुवा पृथ्वीराज नेपालको पहिलो जन निर्वाचन २०१५ मा सांसद समेत रह्नु भएको थियो भने उहाँको हजुरमुवामा पनि पुर्व सांसद हुनुहुन्थ्यो । नेपालको पहिलो जननिर्वा्चित प्रधानमन्त्री र नेपालको २२ औं प्रधानमन्त्रीको रुपमा रह्नु भएको विश्वेश्वर प्रसाद कोईरालाको सरकारमा उहाँको बुबा पृथ्बीराज कण्डेलले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । तर नेता देवेन्द्रराज कण्डेलले भने औपचारिक राजनीति २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि अन्यन्तै सक्रियताका साथ बहुदलको पक्षमा प्रचार प्रसार अभियानमा लागेर सुरु गर्नु भएको हो । तत्पश्चात नेपाल विद्यार्थी संघमा लागेर नेतृत्वदायि भुमिका निर्वाह गर्नु भएका कण्डेल बहुदलीय ब्यवस्थामा साविक बडहरा दुबौलिया गाविसमा दुई पटक अध्यक्षमा समेत भारी मतले बिजयी हुनु भएको थियो । केन्द्रीय राजनीतिमा नेता कण्डेल साविक बडहरा दुबौलिया गाविसमा दुईपटक भारी मतले अध्यक्षमा निर्वाचित भएपछि सो क्षेत्रका जनतामा नेता कण्डेल अत्यन्तै लोकप्रिय बन्नु भएको थियो । त्यही लोकप्रियताका कारण पनि उहाँलाई त्यस क्षेत्रका जनताहरुले राष्ट्रिय राजनीतिमा पु¥याउनका लागि भारी मतले दुई पटक विजयी गराएका थिए । २०५१ सालको सांसदीय निर्वाचनमा नेता कण्डेल त्यति बेला निर्वाचन क्षेत्र नं.४ बाट उमेदवारी दिई बिजयी बन्नु भएको थियो । त्यति बेला उहाँ (नेपाली कांग्रेस) ले १९ हजार ५ सय १० मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिद्धन्द्धी नेपाल सद्भावना पार्टीका दुर्गा प्रसाद चौधरीले १४ हजार ७७ मत प्राप्त गर्नु भएको थियो । यस्तै २०५६ मा भएको सांसदीय निर्वाचनमा सोही क्षेत्रबाट उहाँले १८ हजार ६ सय ७१ मत प्राप्त गरेर विजयी हुनु भएको थियो भने उहाँका प्रतिद्धन्द्धी दुर्गा प्रसाद चौधरीले १६ हजार ९ सय १५ मत प्राप्त गर्नु भएको थियो । दुई वटै निर्वाचनबाट बिजयी भएर उहाँले गृह मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी समाल्नु भएको थियो । तत्कालिन गिरिजाप्रसाद कोईरालाको सरकारमा उहाँले संसदमा सचेतकको भुमिका समेत निर्वाह गर्नु भएको थियो । यद्धपी उक्त समय देशमा माओबादी केन्द्रको सशस्त्रद्धन्द्ध काल चरम सिमा नाघेको थियो । शुरक्षाको दृष्टिकोणले अत्यन्तै मह्त्वपूर्ण रहेको गृहमन्त्रालयमा जिम्मेवारी समाल्नु त्यतिबेला त्यत्तिकै चुनौतीपूर्ण पनि थियो । नेता कण्डेलकै शब्दमा त्यतीबेला कुनै नेताले गृहको जिम्मा संभाल्न नमानेको बताईएको छ । तर त्यो कठिन परिस्थितिमा दुई दुई पटक सम्म गृहमा राज्य मन्त्रीको जिम्मा कण्डेलले समाल्नु भएको थियो । २०६० पछिको यात्रा अहिले बोनस लाईफ बाचिरह्नु भएका नेता कण्डेलको २०६० पछिको जीवनमा निकै उतारचढाव भएको छ । २०६० पछि उहाँले १ वर्षको जीवन निर्वाशन जीवन बिताउन पर्यो । तर २०६२÷६३ को आन्दोलनमा उहाँलाई पार्टीले कांग्रेसको तर्फबाट अग्रणी भुमिका निर्वाह गर्न जिम्मा दियो । उहाँले लुम्बिनी अञ्चलको कमाण्डर बनेर त्यति बेला कांग्रेसको तर्फबाट कमाण्डर भएर नेतृत्व गर्नु भएको थियो । प्रजातन्त्रलाई पुर्नस्थापना गर्नका लागि भएको उक्त आन्दोलनमा पनि उहाँको निवास रमपुरवाँ गाविसको महेशपुरमा समेत आक्रमण भएको थियो । २०७४ को निर्वाचन नवलपरासी निर्वाचन क्षेत्र नं.२ काे चुनावमा कँडेलले वाम गठबन्धनका उम्मेदवार माओवादीका घनश्याम यादवलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । पाल्हीनन्दन गाउँपालिकास्थित महेशपुरमा उँहाको घर पनि हो । आसन्न चुनाव नजीकीदै गर्दा विभिन्न पार्टिले आ–आफ्ना पार्टीका चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।