वीरगंज २४ गते सोमबार
जनता समाजवादी पार्टीका नेता रुपेशमान सिंह प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।बिधार्थीकाल देखि राजनीतिक तथा समाजसेवीमा सक्रिय रहेका क्षेत्र २ को (ख) वाट प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश सभा सदस्य उम्मेदवार सिंहले क्षेत्रमा शिक्षा, स्वास्थ र कृषी र अन्य क्षेत्रको बिकासको लागि आफ्नो उम्मेदवारी रहेको बताउदै ।अहिले दलहरु बिच गरिएको गठबन्धनलाइ ठगबन्धनको संज्ञा पनि दिए । गठबन्धनको जालोमा परेर पार्टीले आफुलाइ टिकट नदिएपनि आम जसपा नेता कार्यकर्ता र क्षेत्रका मतदाताको चाहनना अनुसार उम्मेदवारी दिएको उनले बताए ।जनताको काममा आफुले निरन्तर दिन रात खटिरहेको हुनाले जनताले आफुलाईनै जिताउने बताउनुभयो ।
प्रदेश २ को (ख) मा स्वतन्त्र उम्मेदवार सिंह र लोसपाको साझा गठबन्धनको उम्मेदवार रमेश कुर्मी र एमाले जसपाको गठबन्धनको उम्मेदवार हरेराम पटेल बिच त्रिपक्षीय लडाई देखिएको छ।
त्यसैगरि एमाले र जसपा गठबन्धनको उम्मेदवार कुर्मीको विरोधमा जसपावाट ३ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
यसगरी जसपाका पुर्व मन्त्री एवम प्रदेश सभा सदस्य करिमा बेगम, जसपाका नेता रुपमान सिंह , नेता मुकेश द्विवेदीले आ- आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
एमाले र जसपाको साझा उम्मेदवारको विरोधमा ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको हुनाले सो क्षेत्रमा जसपा पार्टीका नेता कार्यकर्ताहरुले सिहलाई सहयोग गरेमा सिंह पहिलो र काग्रेस र लोसपाका कुर्मुी दोस्रो र एमाले र जसपा पटेल तिस्रो स्थानमा रहेको क्षेत्रको मतदाताहरुले यस अनलाईनलाई बताएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

