काठमाडौं ,२४ असोज । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको निधन भएको छ ।
समाजवादी पार्टीले ट्वीट गर्दै आफ्ना संस्थापक नेताको ८२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ ।
उनको एक हप्तादेखि हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए । यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।
उनको निधनप्रति भारतका अन्य नेताहरुले शोक व्यक्त गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

