पोखरिया २४ असोज
डा. मधु गुप्ता जसपा र नेकपा एमालेको साझा उम्मेदवारको रुपमा प्रदेशसभा सदस्यको प्रतिस्पर्धामा उत्रिएकी छन् ।
डा. मधु गुप्ता पर्सा क्षेत्र नं ३ (ख) बाट प्रतिस्पर्धामा आएकी हुन् । आइतबार स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागितामा मनोनयन दर्ता भएको हो ।
शुरुमा जसपाबाट क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा उनको नाम सिफारिस भएको थियो । एमालेसँग चुनावी तालमेल गर्ने भएपछि उनी प्रदेशसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
जनताको सेवा र स्थानीय सरोकारहरुको सम्बोधनका लागि उनले प्रदेशसभामा सक्रिय भूमिका निभाउने भन्दै आफूलाई मत दिएर जिताउन आग्रह गरेकी छन् ।
चिकित्सा क्षेत्र छोडेर प्रत्यक्ष राजनीतिमा होमिएकी गुप्ता राजनीतिमा युवाहरुको सक्रियतालाई जोड दिँदै आएकी छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

