कपिलवस्तु, असोज २४
कपिलवस्तु जिल्ला लगायत देशभर आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि उमेदवारी दिनेको भिड भाड देख्न सकिन्छl
सोही क्रममा पांच दलिय गठबंधन बाट कपिलवस्तु क्षेत्र नं ३ मा अभिषेक प्रताप शाह ले नेपाली कांग्रेस बाट उमेदवारी दिएका छन् l साथै प्रदेश सभा सदस्य क्षेत्र नं ३ (क) बाट माओबादी केन्द्रका तर्फबाट साझा उमेदवार एहसान अहमद खानले उमेदवारी दिएका छन् भने प्रदेश नं ३ (ख) बाट नेपाली कांग्रेस बाट बिरेंद्र कुमार कनोडियाले उमेदवारी दिएका छन् l
संचारकर्मी संग कुरा गर्दै प्रतिनिधि सभा सदस्यका उमेदवार अभिषेक प्रताप शाहले क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रको विकास गर्दे आएको र अझ विकास गर्ने उद्देश्यका साथ आफू उमेदवारी दिएको बताए l
उक्त उम्मेदवारी दर्तामा वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटीका पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक लगायतका नेताहरुको उपस्थितिमा चनद्रौटामा रैली समेत गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

