Rashtriya Dainik

पश्चिम नवलपरासीमा शान्ति पूर्वक उम्मेदवारी दर्ता

रंजीत शर्मा / नवलपरासी ,२३ असाेज ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि पश्चिम नवलपरासीमा शान्ति पूर्वक उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा विभिन्न पार्टीका उम्मेदवार तथा स्वत्रन्तले उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल संगै नेकपा एमाले तथा जसपा गठबन्धन तर्फबाट दीपेन्द्र अधिकारी, लोसपा र राप्रापा तर्फ बाट ध्रुपबहादुर प्रधान लगायत ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा पनि विभिन्न पार्टीका उम्मेदवार तथा स्वत्रन्तले उम्मेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य एवं उद्योपति विनोद चौधरी संगै नेकपा एमालेको सहयोगमा जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पुर्ब मन्त्री हृदेश त्रिपाठी लगायतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रदेश सभा २ क का लागि नेकपा एमाले तथा जसपा नेपाल तर्फका उम्मेदवार थानप्रसाद गैरे, सत्ता गठबन्धन तर्फ बाट उम्मेदवार बनेका छन् । त्यस्तै प्रदेश सभा २ ख का लागि नेकपा एमाले तथा जसपा तर्फबाट धरेन्द्र यादव, सत्ता गठबन्धन तर्फको नेपाली कांग्रेसबाट बैजनाथ कलवार तथा लाेसपा र राप्रपा नेपाल तर्फबाट नगेन्द्र अग्रहरीले उम्मेदवारी दर्ता गरेका छन ।

नवलपरासी १ को क बाट सत्ता गठबन्धन तर्फ बाट नेपाली कांग्रेसका विश्वप्रेम पाठक र १ (ख) बाट संविधान सभा सदस्य देवकरण कलवार (सन्तु) ले उम्मेदवारी तर्फ गराएका छन् ।

२०७४ को चुनावमा कँडेलले वाम गठबन्धनका उम्मेदवार माओवादीका घनश्याम यादव अहिरलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए भने नेपाली कांग्रेसका नेता देवकरण कलवारलाई सूर्य चिन्हबाट चुनाव लडेका हृदेश त्रिपाठीले ५ हजार भन्दा बढी मतले हराएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित