बझाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बझाङमा बामलोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।
जोशी बझाङका अत्यन्तै लोकप्रिय कम्युनिस्ट नेता मानिन्छन् । पूर्व बनमन्त्री समेत भइसकेका जोशी २०५१ र ०६४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्बाचत भएका थिए ।
आसन्न निर्बाचनका लागि बामलोकतान्त्रिक गठबन्धनबीच तालमेल हुँदा बझाङ नेकपा एसको भागमा परेको थियो । जोशी नेकपा एसको स्थायी कमिटी सदस्यसमेत हुन् ।
दुई पटक सांसद तथा एक पटक मन्त्री भएर जोशीले बझाङको विकासमा उल्लेखनीय योगदान दिएका छन् । सरल स्वभाव र स्वच्छ छविको परिचय बनाएका जोशी आम बझाङी जनताबीच लोकप्रिय नेता मानिन्छन् ।
यसैगरी यही गठबन्धनका तर्फबाट प्रदेशसभा अन्तर्गत निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह र ख मा नेकपा माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन् ।
बामलोकतान्त्रिक गठबन्धनको यो कसिलो तालमेलले आफ्ना उम्मेदवारहरूको जित सुनिश्चित भएको नेपाली कांग्रेस बझाङका प्रभावशाली नेता अर्जुन जङ्ग बहादुर सिंह को दाबी छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

