नवलपरासी ,२३ असोज
उधोगपति बिनोद चौधरीले आज निर्वाचन अधिकृतको कार्यालय बर्दघाट नगरपालिकाबाट उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट पश्चिम नवलपरासी संघिय क्षेत्र नम्बर १ बाट टिकट पाएपछि चौधरीले आज दिउसो ३ बजे उमेदवारी दर्ता गराएका हुन् ।

निकै रस्सा कस्सीका बिच टिकट हात पारेका चौधरी नेपालि काङ्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री एवम् संबिधान सभा सदस्य बिक्रम खनाल सहितको टोली सँग उम्मेदवारी दर्ताकालागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पश्चिम नवलपरासी बाट चुनाव लड्ने भएपछि उनको उमेदवारी यतिबेला देशभरी नै चर्चा र चासोको बिषय बनेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

