उमेश बि.क / नवलपरासी , २३ असाेज
पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार नेता कंडेलले नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुन पाेख्रेल , नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भिम बहादुर थापा भरत , प्रतिनिधीसभा क्षेत्र नं २ क्षेत्रीय सभापति माधव पाण्डेय लगायत हजारौं नेता कार्यकर्ताहरुको उपस्थितिमा मुख्य निर्वाचन कार्यालय उम्मेदवारी दर्ता गराउनु भएको हाे।
मनोनयन दर्ता पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता कण्डेलले आफूद्वारा गरिएको कामको जनताले मूल्यांकन गरेर पुन: निर्वाचित गराउने विश्वास व्यक्त गरे ।
पाँच वर्षको कार्यकालमा आफूले क्षेत्रमा अमुल परिवर्तन गरेको दाबी गर्दै उनले गाउँगाउँमा सडक सञ्जाल विस्तारदेखि महत्त्वपूर्ण कामहरु गरेको स्मरण गराए । “पाँच वर्षसम्म मैले जनताको सेवामा निरन्तर खटेको छु, अब जनताले भोट दिएर पुनह थप विकासका लागि अगाडि बढाउनुपर्छ ,” उनले भने ।
२०७४ को चुनावमा कँडेलले वाम गठबन्धनका उम्मेदवार माओवादीका घनश्याम यादव अहिरलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

