नवलपरासी , २३ असाेज
इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९७ औं जन्मोत्सव पश्चिम नवलपरासीमा धुमधामसँग मनाइएको छ।
इस्लामिक क्यालेन्डर अनुसार रबिउल औव्वल महिनाको १२ तारिखका दिन हजरत मोहम्मदको जन्म ईस्वी ५७१ मा सउदीको मक्का भन्ने ठँउमा बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट भएको थियो ।

यस दिनलाई मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउल औवल)को रूपमा मनाउने गर्छन्।
मुस्लिम समुदायले सदरमुकाम परासी, कुस्मा, महेशपुर, भुजहवा, गुठी परसौनी, प्रतापपुर लगायत विभिन्न ठाँउमा धार्मिक झण्डा, प्लेकार्ड र इस्लामिक सन्देशका साथ नगर परिक्रमा गरी जन्मदिन मनाएका छन् ।

हजरत मुहम्मदको जन्मोत्सव नेपालसहित विश्वभर मनाउने गरिन्छ । जिल्लामा विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा समेत दिइएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

