Rashtriya Dainik

उम्मेदवारी दर्ता गराउन के-के कागजात आवश्यक पर्छ ?

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उमेदवारी मनोनयनपत्र दर्ता गरिँदै छ।

निर्वाचन आयोगले आफ्नो क्षेत्रअन्तर्गत पर्ने निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराउन सकिने जनाएको छ।

आज अपरान्ह पाँच बजेभित्र उम्मेदवाहरुले मनोनयनपत्र निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने आयोगले बताएको छ।

यी हुन् उम्मेदवारी दर्ता गराउन आवश्यक कागजात:

१.उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि,

२. मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,

३. प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा,

४. दलको उमेदवारको हकमा दफा १९ बमोजिमको औपचारिक पत्र (प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिम),

५. धरौटी जम्मा गरेको नगद रसिद वा बैंक भौचर,

६. स्वघोषणा (प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–६ बमोजिम),

७. उमेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम (प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–९ बमोजिम),

८. उम्मेदवारको वैयक्तिक विवरण फाराम (प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१० बमोजिम) ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित