Rashtriya Dainik

पैगम्बर हजरत मो.काे जन्मदिनको अवसरमा सरावल ,सुस्ता र पाल्हिनन्दनमा सार्वजनिक विदा

राष्ट्रिय दैनिक / नवलपरासी , २३ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका , सुस्ता गाउँपालिका र पाल्हिनन्दन गाउँपालिका अाज आइतवार सार्वजनिक विदा हुने भएको छ।

पालिकाले सुचना जारी गर्दै इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा पालिकामा सार्वजनिक विदाको निणर्य गरिएको जनाएको छ।

इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना समेत व्यक्त गरिएको छ।

साथै पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा गाउँपालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था शैक्षिक संस्था तथा अन्य सार्वजनिक संघ संस्थाहरु बन्द रहने गरि १ दिन सार्वजनिक बिदा गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित