Rashtriya Dainik

काङ्ग्रेसको नेता कण्डेल र जैसवाल मनाेनयन दर्ताकाे तयारीमा

राष्ट्रिय दैनिक / नवलपरासी , २३ असाेज

अाज राजनीतिक दलहरुले उम्मेदवारी दर्ताकाे तयारी थालेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यकाे निर्वाचनका लागि अाज मनाेनयन दर्ता हुने भएको छ।

चुनाव लड्ने निश्चित भएपछि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल र बैजनाथ जैसवाल उम्मेद्धारी दर्ताको तयारीमा जुट्नु भएको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट कण्डेल र प्रदेशसभा २ ख बाट जैसवालकाे टिकट सुनिश्चित भएपछि कार्यकर्ताहरु मनाेनयन दर्ताका लागि तयारी थालेका छन ।

नेता कण्डेल यसअघि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट दस हजार बढी मतान्तरले निर्वाचित भएका थिए । भने नेता जैसवाल प्रदेशसभा २ ख बाट निर्वाचित भएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित