राष्ट्रिय दैनिक / नवलपरासी , २३ असाेज
अर्वपती विनोद चौधरी पश्चिम नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने निश्चित भएको छ ।
उम्मेद्धारी दर्ताको लागी चौधरी बर्दघाट आउदै हुनुहुन्छ । शनिबार अबेर सम्म काग्रेसको संस्थापन ईतर पक्षले चौधरीको उम्मेद्धारी रोक्ने कोसिस गरेपनि असफल भएको छ । चौधरीलाई नवलपरासीबाट चुनाव लड्न नदिने मनासाय केहि नेताहरुको भएपनि सभापति शेरबहादुर देउवाकै ईन्ट्रेस्टमा चौधरीको टिकट सुनिश्चित भएको काग्रेस स्रोतले जनाएको छ ।
काग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा सो क्षेत्र बाट संघिय चुनाव लड्न ईच्छुक विक्रम खनाल लगाएतका नेताहरु काठमान्डौ पुगेर चौधरीको उम्मेद्धारी नवलपरासीबाट रोक्ने कोसिस गरेका थिए । संस्थापन ईतरका केन्द्रिय नेताहरुले समेत उम्मेद्धारी रोक्न कोसिस गरेपनि असफल भएका छन् । अब नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरी र हृदयस त्रिपाठी बिच कडा प्रतिस्पर्धा हुने अनुमान छ । यद्यपि त्रिपाठी एमालेबाट चुनाव लड्ने भनिएपनि अझै अन्तिम टुंगो लाग्न भने बाँकि रहेको छ । चिन्हको विषयमा कुरा मिल्न बाँकि रहेकाले त्रिपाठीको उम्मेद्धारी एमालेबाट हुन्छ कि हुन्न भन्ने टुगाे लाग्न बाँकि रहेको एमाले स्रोतले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

