Rashtriya Dainik

काङ्ग्रेस नेता गुड्डु गुप्ताद्वारा पार्टी परित्याग

राष्ट्रिय दैनिक / नवलपरासी , २३ असाेज

नेपाली काङ्ग्रेसका नेता गुड्डु गुप्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता गुप्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टीभित्रको बिवाद तथा टिकट बाडफाडबाट असन्तुष्ट हुदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी परित्याग गरेपनि आगामी राजनीतिक जीवनबारे भने गुप्ताले केही उल्लेख गरेका छैनन् ।

१४ अाैँ महाधिवेशनमा नेपाली काङ्ग्रेस पाल्हिनन्दन गाउँ कार्यसमितिकाे सभापति पदमा पराजित रहेको गुप्ता बिक्रम खनाल गुटमा निकै सक्रिय रहि भुमिका निर्वाह गरिरहेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित