दाङ / २४ मंसिर दाङमा नियम र अनुमती विपरित सञ्चालनमा रहेका १० वटा क्रसर उद्योग बन्द भएका छन् । बालुवा वासिङको अनुमती लिएर क्रसिङ्ग गर्दै आईरहेका जिल्लाका १० वटा क्रसर बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो। प्रशासनको तथ्यांक अनुसार दाङमा १२ वटा क्रसर उद्योग दर्ता छन । जस मध्ये जम्मा १० वटा सञ्चालनमा छन् । त्यस्तै जिल्लामा ३२ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन जस मध्ये ६ वटा बन्द रहेका छन् । गृह मन्त्रालयले कात्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गदै क्रसर र बालुवा प्रशोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो । सोही निर्देश बमोजिम दाङको प्रशासनले अनुगमन गर्दा १९ वटा क्रसर उद्योगले मापदण्ड विपरित सञ्चालन गरि रहेको हुँदा सो लाई बन्द गर्ने १५ दिनको समयसिमा तोकेको थियो। प्रशासन अनुसार उक्त बन्द भनिएका १० वटा क्रसर उद्योगले वासिङको काम गर्न पाउने छन। प्रमुख अधिकारी अनुसार लमही क्षेत्रका बगारवावा बालुवा प्रशोधन उद्योग, पाण्डवेश्वर बालुवा वासिङ उद्योग, जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग बन्दभएका हुन । त्यस्तै तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रा. लि., जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योग गरि १० वटा क्रसर हुन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।