कपिलवस्तु / २४ मंसिर कपिलवस्तुमा अबैध रुपमा ट्रकमा गाई गोरु लोड गर्ने क्रममा ट्रक सहित चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार बिहान कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं ५ सुखलीनाला स्थितमा ट्रकमा गाईगोरु लोड भईरहेको भन्ने गोप्य सुचनाका आधारमा तत्काल ईलाका प्रहरी कार्यालय गोरुसिंङेबाट प्रहरी निरीक्षक कृष्ण राना मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो । प्रहरीका अनुसार ना ७ ख ३४० नम्बरको ट्रकमा गाई गोरु बरामद गरेको हो । ट्रकका चालक कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ का ३६ बर्षिय ओमकार थापासँग बुझ्दा गोरु १२ जिउ, गाई १८ जिउ लोड गरि झापा जिल्लामा लैजान लागेको भनि बताएको हुँदा उक्त गोरु, गोरू तथा ट्रक बरामद गरि चालक र सहचालकलाई पक्राउ गरेको प्रहरीले जनाएको हो। उनीहरु माथी बरामदी मुचुल्का सहित आवश्यक कार्वाहीको लागी पशु क्वारेन्टाईन चेकपोष्ट कृष्णनगर कपिलवस्तु पठाईएको श्रोतले जनाएको हो राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।