२४ मंसिर / बाँके । जबरजस्ती करणी मुद्दामा फरार ११ वर्ष पछी एक जना दोषी पक्राउ परेका छन । मिति २०६६।०७।२७ गते राती करिब २१:०० बजेको समयमा बाँकेको साविक काँलाफाँटा गा.वि.स.वडा नं.३ हाल नरैनापुर गाउँपालिका वडा नं.३ कि ७ वर्षिया बालिकालाई जरबस्ती करणी भएको थियो । उक्त विषयमा दोषीलाई सम्मानित जिल्ला अदालत बाँकेको मिति २०६८।०३।३१ गतेको आदेशले १० वर्ष कैद सुनाएको थियो । दोषी बाँकेको साविक लक्ष्मणपुर गा.वि.स.वडा नं. १ हाल नरैनापुर गाउँपालिका वडा नं.२ का ३४ वर्षिय हेमन्त कुमार शर्मालाई गत मङ्सिर २२ गते बाँके प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपि ओम बहादुर रानाले बताउनुभयो । उनलाई जि प्र का बाँकेको मातहत ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको रानाले जानकारी दिनु भयो । बाँकेमा प्रहरी उपरीक्षक ओम बहादुर राना आए पश्चात विभिन्न घटनामा संगलन फरार प्रतिवादि पक्राउ हुने क्रम घटना जारी रहेको छ । यस अघि पनि रानाको सक्रियतामा बाँकेमा विभिन्न प्रतिवादी पक्राउ भएका छन । यसले पनि साफ जाहेर गर्छ उपरीक्षक राना आफ्नो काम प्रति सक्रिय र इमानदार हुनु हुन्छ । त्यस कारण पनि बाँकेवासीको मन र मुटुमा राना छाएको हुन सक्छन! राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।