राष्ट्रिय दैनिक /नवलपरासी , ६ असाेज पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा ३२ अाैँ गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियाेगिता सुरु भएको छ। सरावल गाउँपालिका वडा नं. ३ सरावलमा अवस्थित हिमालय युवा क्लबद्वारा शुभ बिजया दशमीकाे पुनित अवसरमा आयोजना गरिएकाे सो प्रतियोगिता कुल्दिप चाैधरीकाे अध्यक्षता तथा राप्रपाका केन्द्रीय उपाध्यक्ष द्रुब बहादुर प्रधानकाे प्रमुख अातिथ्यतामा खेलकुद उदघाटन भएको हाे। प्रतियाेगितालाई सम्बाेधन गर्दै उपाध्यक्ष प्रधानले खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी,राप्रपा जिल्ला अध्यक्ष अाेम बहादुर सिंह, अाेम प्रसाद चाैधरी ,रुद्र प्रकाश उपाध्याय ,हरिलाल यादव,लच्छमण चाैधरी , क्लबका पुर्व उपाध्यक्ष एवं पत्रकार उमेश बि.क लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो । क्लबका सुनिल बि.ककाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सचिव सन्दिप बि.क ले गर्नुभएको थियोे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।