आजैवाट शुरु गरौ संस्कार बदल्न भनी । विग्रेको यो सेवाको मुहार फेर्न पनि । खराव नियत, संगत नत्यागे सम्म पनि निराशा, शंका, अविश्वास हट्दैन कसैपनि ॥ गर्नु छ सेवा जनको मन जित्न पनि विकल्प अरु थिए तर यही पेशा रोजे पनि । मालिक बन्न होइन सेवक बन्न भनी खटिएको छ अहोरात्र त्यही हो कर्तव्य पनि । देखिएका दुर्गन्धलाई सुगन्धमा बदल्न पनि । दिनुपर्छ सेवा सुलभ आपनो अर्को नमनी ॥ राख्नु छ सम्बन्ध गरिनु छ नाता पनि कमाउन छ पूँजि जिन्दगीको त्यही हो आफ्नो भनी ॥ हिमाल, पहाड, तराई मधेश जहाँ भए पनि । जानु पर्छ खुशीसाथ घरपरिवार कोही नभनी । निष्पक्ष, स्वतन्त्र र निडर भइ सेवा गरौ भनी ऐन कानून बाधा छैन कही कतैपनि ॥ आजदेखि नगरी छलछाम फरी कसैले पनि। सकारात्मक भएर सोची आशाको किरण छाउनलाई पनि । नतिजामा आशोका संकेतहरु देखाउन जुही भनी। यही ने मेरा अपिल छ सबै राष्ट्रसेवकहरुलाई पनि । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।