खानेतेलको मुल्य लिटरमै ५० रुपिया बढाईयो

२१ मंसिर, काठमाडौं । बजारमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले वृद्धि भएको छ । एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो ।

तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पुर्‍याइएको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्‍याइएको हो ।

तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार तोलामा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा ब्यापारीहरुले बताएका छन् ।  होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा ब्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

‘मूल्य बढेको छ भनेर नयाँ मूल्य होलसेलले पठाएका छन् तर हामीलाई कारण थाहा छैन्,’ महासचिव तुलाधरले भने ।

उपभोक्तालाई एक महिनाको बीचमै तेलको भाउ लिटरमै ५० रुपैयाँसम्मले बढेको भन्नै नसक्ने अवस्था सृजना भएको तुलाधरले बताए । महिनौंअघि उद्योगमा प्याकिङ अवस्थामा रहेका तेलको भाउ पनि ब्यापारीहरुले एक्कासी बढाएर बजारमा पठाएको तुलाधरको आरोप छ ।

तेलको अधिकतम् खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी होलसेलले तेलको भाउ बढाएको खुद्रा व्यापारीहरुले बताएका छन् । प्याकेटमा पुरानै मितिमा लेखिएको एमआरपी भएपनि होलसेलले भने नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न नसक्ने अवस्था सिर्जना भएको खुद्रा व्यवसायी ध्रुब अधिकारीले बताए ।

‘एमआरपीमा कुनै एक तेलको प्रतिलिटर मूल्य १६० छ, होलसेलले नयाँ पठाएको तेल हामीले १८५ मा बिक्री गर्दा पनि नाफा छैन, उपभेाक्तालाई के भन्ने हामीले कसरी तेल बिक्री गर्ने ?’ अधिकारीले प्रश्न गरे ।

दुगड धारा र धारा सनफ्लावरमा खुद्रालाई दिने भन्दा पनि बढीमा अधिकतम् खुद्रा मूल्य तोकिएको महासचिव आमुलकाजी तुलाधरले बताए ।

बजारमा उपभोक्तालाई खुद्रामा बिक्री गर्ने मूल्यभन्दा २० रुपैयाँसम्म बढी एमआरपी मन्त्रीको कम्पनीको तेलमा बढेको तुलाधरले बताए । बजारमा तेलेको भाउ अचाक्ली बढेपनि सरकारी अनुगमन भने शून्यप्रायः छ ।

पछिल्लो एक सातादेखि बजारमा तेलको भाउ बढेपनि अनुगमनकारी निकाय मौन बसेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

‘नियमनकारी नियका नै अब त ब्यापारीका भाषा बोल्न थालेका छन्, यसैकारण उपभोक्ता ठूलो मारमा परे’ तिमिल्सिनाले भन्छन् ।

लिटरमा ५० रुपैयाँले तेलको मूल्य बढ्दा पनि सरकार मौन बस्नु अपराध भएको उनको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot