ठोरीमा जारी” तिजकप” नकाउट फूटबल खेलमा जनकल्याण तमु समाज,युनिक युनाइटेड र सनराइज युवा क्लब बिजयी

हरिकिशोर शर्मा ,७ भाद्र , ठोरी

नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजको अवसरमा ठोरी गाउँपालिका वडा नम्बर १ मा जारी तिजकप नकाउट फूटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा जनकल्याण तमु समाज माडीले सहारा युवा क्लब खरझट्टालाई ३-१ गोलान्तरले पराजित गर्दै अगाडिको आफ्नो यात्रा तय गरेको छ।जनकल्याणको बिजयको लागि खेलको १२ औं मिनेटमा बिपिन पन्तले पहिलो गोल गरी आफ्नो टिमलाई हौसला दिलाएका थिए।पन्तले दोस्रो हापपछी पुन: दोस्रो गोल समेत गरेका थिए भने जनकल्याण कै किरण गुरुङ्ग र विशाल गुरुङ्गले थ १/१ गोल गरी अगाडिको यात्रालाई थप उर्जा प्रदान गरेका थिए।सहारा युवा क्लबले भने १ गोल गरी आफ्नो टिमको चित्त बुझाए।आजको पहिलो खेलको म्यानअफदी म्याच जनकल्याणका बिपिन पन्त घोषित भएका थिए।
आजकै दोस्रो खेलमा बडगोमाइ सुपौली र युनिक युनाइटेड माडी बीच भएको खेलमा ट्राइबेकर मार्फत युनिक युनाइटेडले जित आफ्नो पिल्टामा परेको छ।निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा परिणत भएको थियो।बड्को माइका १ खेलाडीले प्रहार गरेको बलले जाली चुम्न नसकेपछि हार व्यहोर्नुपरेको हो।ट्राइबेकरमा ४-३ गोलान्तरके युनिक युनाइटेडको अगाडिको यात्रा तय भएको हो भने दोस्रो खेलको म्यानअफदी म्याच युनिक युनाइटेडका गोलरक्षक अनिष महतो घोषित भए।
आजकै तेस्रो तथा अन्तिम खेलमा सनराइज युवा क्लब रामनगरले बिमिरे युवा क्लब हनुमानझुलालाई ३-१ गोलान्तरले पराजित गरेको छ।खेल सुरु भएको ६ मिनेट मैं जर्सी नम्बर ७ का बाबू बोटेले पहिलो र २२ औं मिनेटमा पुनः बोटेले दोस्रो गोल गरी अग्रता दिलाएका थिए भने सनराइज कै जर्सी नम्बर १३ का सरोज परियारले थप १ गोल गरी जितलाई सुनिश्चित गराएका थिए। बिमिरे युवा क्लबका जर्सी नम्बर १२ का सचिन परियारले १ गोल गरी चित्त बुझाए।आजको तेस्रो खेलको म्यानअफदी म्याच सनराइजका जर्सी नम्बर ११ का साजन गौतम घोषित भए।
भोलिको पहिलो खेल समाज सुधार युवा क्लब बगही माडी र निर्मलसमाज युवा क्लब ठोरी ४ बीच हुने छ भने दोस्रो खेल निर्मल युवा क्लब र हरियाली युवा क्लब तथा तेस्रो तथा अन्तिम खेल NYC बुद्धनगर र निर्मल समाज समाज क्लब बीच हुने आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिए।

पर्सा र चितवनको गरी २८ टिमको सहभागिता रहेको यस खेलको फाइनल खेल १७ गते हुने छ।खेलको बिजेता टिमलाई नगद रु ५६ हजार १ सय ,मेडल तथा प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद रु ३१ हजार १ सय ,मेडल,प्रमाणपत्र दिइने समेत अध्यक्ष पौडेलले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot