साउन ३१/ बुटवल
रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन।तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।
युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन, दाङ्गतिर घर भनिएको छ । श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ, –प्रहरी निरीक्षक घिमिरेले भने-‘युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।’
तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए।उनका अनुसार उनिहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।
युवकको धादिङ्गको कुमपुर–५ ठेगाना भएको बताइन्छ ।
उनिहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

