Rashtriya Dainik

समकालीन राजनीतिक विषयमा रेडियो सान्भीद्वारा मन्थन कार्यक्रम सम्पन्न

वीरगंज ३० साउन समकालीन राजनीतिक” विषयमा मन्थन कार्यक्रम सोमबार वीरगंजमा सम्पन्न भएको छ । पिसी मिडियाद्वारा सञ्चालित रेडियो सान्भीले सोमबार वीरगंज होटेल भिष्वामा आयोजना गरेको “समकालीन राजनीतिक” विषयमा मन्थन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वक्ताको रुपमा नेपाली कांग्रेसक पर्साका पूर्व जिल्ला सभापति एवम संविधान सभा सदस्य अजय दुवेदी , जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव र नेकपा माओबादी केन्द्रका नेता रहबर अन्सारीको रहेको थियो भने राजनीतिक विश्लेषकको रुपमा मोनिका सिंह हुनुहुन्थियो । त्यसैगरी कार्यक्रममा आफ्ना जिज्ञासा तथा प्रश्नहरु राख्नको लागी पर्सा सञ्चारकर्मिको पनि सहभागिता रहेको थियो । बितेका राजनीतक गतिबिधि र अहिले चलीरहेको बर्तमान अवस्थाको बारेमा कार्यक्रम सञ्चालक सञ्चारकर्मी रितेश त्रिपाठीले सहभागी तिनै जना संग जवाफ माग्दै प्रश्न गर्नुभएको थियो । त्यसैगरी सहभागी सञ्चारकर्मीहरुले समेत आफ्ना प्रश्न तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभगी राजनीतिक विश्लेषक मोनिका सिंहले वक्ताहरुले दिएको उत्तरलाई बिश्लेष्ण गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित