राष्ट्रिय दैनिक / नवलपरासी , २६ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलकी किशोरी दुर्गा बि.क र वडा नम्बर ४ गाेबरहियाकि किशोरी नितु पाण्डेलाई बिदाइ गरिएको छ।

एबिसि नेपाल र स्ट्राेम फाउन्डेसन नेपालद्वारा नर्वेकाे रितिरिवाज संस्कृति , त्यहाका रहनसहन बुझ्न सिक्नकाे निम्ति जान लागेकी दुर्गा बि.क. र नितु पाण्डेलाई अाज एक कार्यक्रम बिच सम्मान सहित बिदाई गरिएको हाे।

बिदाइ कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले नर्वे दुबै जनाको लागि ठुलाे अवसर रहेको कताउनुभयाे । एबिसि नेपाल, स्ट्राेम फाउन्डेसनले नेपालका किशोरीहरुलाई नर्वे अवलाेकन गर्ने अवसरप्रति धन्यवाद दिनुभएको थियोे । नेपाल र नर्भे देशकाे भाइचारा कायम गर्ने याे ठुलाे अवसर प्रदान भएको बताउदै शुभकामना दिदै विभिन्न संघ संस्थालाई गाउँपालिकाबाट चाहिने सहयोग र साथ हमेश दिने प्रतिबद्वता ब्यक्त गर्नुभएको हाे।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले दुई बहिनीहरु त्यहाँ अनुशासनकाे दायरामा रहेर धेरै सिकेर पालिका र नेपालको नाम चलाउन अनुरोध गर्दै यात्रा सफल र फलदायीकाे शुभकामना दिनुभएको हाे ।

बिदाइ कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दुर्गा पाैडेल , वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई ,सरावल याेजनाशाखा प्रमुख राजन बस्याल , एबिसि नेपालीकि सहजकर्ता सायदा नेसापठान , राजमन बरइ , समाजसेवी सन्जय माैर्य लगाएत सम्बादका किशोर किशोरीहरुकाे सहभागीता रहेको थियाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

