Rashtriya Dainik

मुस्लिम समुदायको पर्व मोहर्रममा हिन्दू समुदायको पनि उत्साह

उमेश बि.क / नवलपरासी , २३ असार

मुस्लिम समुदायको पर्व मोहर्रममा पश्चिम नवलपरासीमा हिन्दू समुदायको पनि उत्साहजन सहभागिता देखिन थालेको छ ।

हिन्दू समुदायले मनाउने पर्वमा मुस्लिम तथा मुस्लिम समुदायले मनाउने पर्वमा अन्य धर्मावलम्बीका मानिसहरु कमै सहभागी हुन्छन् ।

तर पश्चिम नवलरासीमा भने रहेक वर्ष मुस्लिम र हिन्दू धर्मावलम्बीलाई मोहर्रम पर्वले जोड्ने गरेको छ ।

धार्मिक सहिष्णुताको अनुपन उदाहरणका रुपमा लिईने यस पर्वमा विशाल ताजिया निमार्ण गर्ने गरिन्छ ।

मोहर्रम पर्व मुस्लिम समुदायको एक मुख्य पर्व हो । पर्वको अवसरमा अहिले पश्चिम नवलपरासी झकिझकाउ बनेको छ । मेला स्थल दुलही जस्तै रंगिन सजाईएको छ ।

हरेक वर्ष अरबी क्यालेन्डरको पहिलो महिना मोहर्रमको १० तारिक दिन ईस्लाम धर्मका संरक्षक हजरते ईमाम हुसैनको सम्झनामा ताजिया बनाई मेला लगाईने गरिन्छ । विगतका वर्ष जस्तै यसवर्ष जिल्लाको पाल्हि, भुजहवा र अन्य स्थानमा विशाल ताजिया निर्माण गरेर मेला लागेको छ ।

मेलामा मुस्लिम मात्र होईन हिन्दू धर्मावलम्बीको घुँईचो लाग्ने गर्दछ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवामा मोहर्रम पर्वको अवसरमा बाँस र कागजको प्रयोग गरेर करिब ६५ फिट उचाइ र ३५ फिट चौडाइको ताजिया बनाईएको छ । ३० खण्डको ताजिया एक वर्ष लगाएर निर्माण गरिएको सरावल वडा नम्बर ७ वडा अध्यक्ष हेयात खा धुनियाले जानकारी दिनुभएको छ ।

हिन्दू-मुस्लिम समुदायमा भाइचारा र सद्भावको प्रतीकका रुपमा यो पर्वलाई मनाइने गरेको सरावल गाउँपालिका पुर्व अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ । “धार्मिक आस्था जे भए पनि भगवान् सबैका एउटै हुन् भन्ने मान्यता पनि हो । भाकल पूरा हुने भएपछि केही हिन्दू परिवारले पनि ताजिया राख्ने गरेका चाैधरीले बताउनुभयो ।
आफ्ना भाकल पूरा हुने धार्मिक विश्वासका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै आएकामा हिन्दू समुदायले पनि यसलाई निरन्तरता दिन थालेको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष रबिन्द्र कुमार सहानीले बताउनुभयो ।
ईस्लाम धर्मका संरक्षक हजरते ईमाम हुसैनको सम्झनामा निर्माण गरिएको ताजिया मेला भोलि सम्म चल्नेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित