Rashtriya Dainik

जसपा युवा नेता शिव कुमार साहले भाथाधामका भक्तजनलाई जलपान बितरण गरे

राजन कुमार बानिया , पर्सा २३ साउन
जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहले पटेर्वा सुगौली गाउँपालिका १ नं. वडा सोनबर्सामा श्री श्री १०८ श्री दुधेश्वेरनाथ महादेव भाथाधामका भक्तजनलाई जलपान बितरण गरेका छ्न ।
दुधेश्वेरनाथ महादेवको मन्दिर आरक्ष भित्र जंगलमा भएको कारण सो क्षेत्रमा खाद्यान्न सामग्री एवं पानीको ब्यवस्थापन नभएको तथा घामको मध्य नजर गर्दै पानी, सर्बत, फुरुटी, चाना र भुजाको जलपानको ब्यवस्थापन गरिएको युवा नेता साहले बताए ।
आफू समाजिक सेवाका निमित विभिन्न कामहरु गरेको जस्तै कोरोना कालमा राहत वितरण, गरिब असहायलाई आर्थिक सहयोग, रक्तदान, बृक्षारोपण, कुलो सरसफाइ, बिधुत पोल जडान, बाटो मर्मत लगायतको समाजिक सेवामा विभिन्न सहयोग गरेको र भबिस्यमा पनि गरिरहने प्रतिबद्ध जनाएका छ्न ।
जनता समाजवदी पार्टी नेपाल क्षेत्र नं.३ को आयोजनामा भएको कार्यक्रममा केन्द्रिय सदस्य फिरोज मन्सुर, प्रदेश सदस्य दिपक यादव, सखुवा प्रसौनी गाउँपालिका पुर्व अध्यक्ष प्रदिप जैसवाल, उपाध्यक्ष शर्मिला बिश्ट, शिक्षक नेता भरत गिरि, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, युवा नेता रमेश साह, गौरीशंकर मन्डल, बोद्रोदिन मिया लगायतका स्थानीय नागरिक, पत्रकार, सुरक्षा निकाय एवं स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित