रुपन्देहीको सियारी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

राजन चाैधरी / रुपन्देही , १६ असार

रुपन्देहीको सियारी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिकाकाे सभाहलमा सम्पन्न भएको छ।

प्रमुख प्रशासकीय अधिकृत राेमनाथ न्याैपानेकाे संयाेजकत्वमा तथा पालिका अध्यक्ष थानेश्वर घिमिरेकाे प्रमुख अातिथ्यतामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिजेता हुनेहरूलाई अध्यक्ष घिमिरेले मेडल , कप र अन्य पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्नुभएको हाे।

प्रतियोगिताको समान समारोहलाई सम्बोधन गर्दै पालिका अध्यक्ष घिमिरेले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। खेलकुदको माध्यमबाट बालबालिकाहरूको शारीरिक तन्दुरुस्ती तथा मानसिक स्फुर्तिको विकास गरी एक अनुशासित, क्षमतावान र कर्मठ नागरिक तयार गर्ने र खेलकै माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पालिकाकाे नाम उच्च बनाउने कुरामा जाेड दिनुभएको थियोे । प्रतियोगितामा हार जीत सामान्य र स्वाभाविक कुरा हो । ठूलो कुरा बालबालिकाको सहभागिता र सिकाइ हो । सहभागी भएपछि कि जितिन्छ, कि सिकिन्छ भन्ने लक्ष्यका साथ बालबालिकाहरू सहभागी भएका हुन्छन् । अत: प्रतियोगितामा सहभागिता जनाई विजयी हुने, सिक्ने तथा अभ्यासबाट थप अनुभव बटुल्ने सबै खेलाडीहरूलाई बधाई सहित धन्यवाद दिनुभएको थियोे ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राेमनाथ न्याैपानेले कार्यक्रममा मन्तव्य राख्दै खेलकुद एउटा गहना पनि हो अनुसाशन पनि हो यसलाई निरन्तरता दिएर अगाडि बढ्न हुन खेलाडीलाई आग्रह गरे । कार्यक्रममा सियारी गाउँपालिका अन्तर्गतका १३ वटा विद्यालय सहभागी रहेको कार्यक्रमकाे सन्चालन अमर पुनले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot