नन्दु यादव मसिर १६नवलपरासी पश्चिम नवलपरासी काे प्रतापपुर गाउपालिकावडा ८ बदरिघाटमा अाज जनता समाजबादि पार्टी नेपालले वडा स्तरिय कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेकाे छ ।जनता समाजबादि पार्टी नेपालका क्षेत्रिय अध्यक्ष असरफ चुरिहारकाे अध्यक्षता, पुर्व रक्षाराज्य मन्त्री रामबचन यादव काे प्रमुख अतिथ्थता तथा केन्द्रीय सदस्य सत्राजित यादव काे विशेष अतिथ्यतामा भेला कार्यक्रम सम्पन्नभएकाे हाे ।भेला कार्यक्रम मा पुरन चाैधरी लख्खु यादव नन्दलाल गुप्ता ,बाबुराम हरिजन लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि रामबचन यादव ले बर्तामान सरकार जनताकाे राहत ,तथा सुरक्षा दिन नसकेकाे अाराेप लगाउनु भयाे । नागरिकताकाे समस्या अब समाजबादि पार्टि काे सरकारले समाधान गर्ने बताउनु भयाे ।अब कान्ग्रेस र एमालेकाे बिकल्प जनता समाजबादि पार्टि नेपाल मात्र रहेकाे बताउनु भयाे। ।जनताले अब काे निर्वाचनमा जनता समाजबादि पार्टी नेपाल लाई अाफ्नाे मत दिई सरकारकाे जिम्मा दिनेे ठाेकुवा गर्नुभयाे ।भेलाबाट झगरु केवटकाे अध्यक्षतामा ३३सदस्यीय जनता सामजबादि पार्टी नेपाल प्रतापपुर वडा न ८काे समिति समेत गठन गरेकाे छ ।जसकाे उपाध्यक्ष मा अमरावती यादव ,काेषाध्यक्षमा तुलसि राजभर ,सचिवमा सुरज यादव र सदस्य मा अर्जुन राजभर लगायत रहनु भएकाे छ ।कार्यक्रमलाई जनता समाजबादि पार्टी नेपाल प्रदेश न ५मा सदस्य मन्नु पाल ले सन्चालन गर्नु भएकाे थियाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।