नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले नयाँ बर्ष २०७९ काे अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । कण्डेलले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनी तथा नेपाली काङ्ग्रेसका विभिन्न तह तप्कामा रहनुभएका नेतागण , कार्यकर्ता लगाएतमा नयाँ बर्षको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हाे । वहाँले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा नयाँ बर्षकाे अवसरमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्नुभएको हाे। त्यस्तै नेपाली काङ्ग्रेस महासमिति सदस्य मन्जु कण्डेलले नयाँ बर्ष २०७९ काे अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । वहाँले नयाँ बर्षकाे अवसरमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभएको हाे। डा. बिनाेद निता कण्डेल अाँखा अस्पताल नवलपरासीको अध्यक्ष समेत रहनु भएकी मन्जु कण्डेललेले नव बर्षले नयाँ जोश जागर र उमङ्ग ल्याओस, सबैले चालेका प्रत्येक पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,साथै सु-स्वास्थ्य एवं दिर्घायुकाे कामना सहित शुभकामना ब्यक्त गर्नुभएको हाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।