तुलसीराम पौडेल फर्साटिकर , चैत १९ रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित नवौं शुद्दोधन गाउपालिका फर्साटिकर कप प्रतियोगिता अन्तरगत शनिबार कपिलवस्तु -११ भर्सेस सुनौलो सङ्गम देबिनगर बीच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा कपिलवस्तु -११ दुइका विरुद्ध तीन गोलको अन्तरले विजयी भएको थियो ।पहिलो हाफको २५ औ मिनेटमा सुनौलो सङ्गमका जर्सी नम्बर -४ का राजिव लोकचनले पहिलो गोल गरेका थिए ।पहिलो हाफको ४३ औ मिनेटमा कपिलवस्तु -११ का जर्सी नम्बर २३ का सुर्य थापाले १ गोल गरि बराबरीमा लगेका थिए ।त्यसै गरि दोस्रो हाफको सातौ मिनेटमा कपिलवस्तु -११का जर्सी नम्बर १० का सन्जु सेनले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४० औ मिनेटमा कपिलवस्तु -११ का जर्सी नम्बर ९ का निरन्जन खत्रीले गोल गरेका थिए । दोस्रो हाफको ४६ औं मिनेटमा सुनौलो सङ्गमका जर्सी नम्बर -४ का राजिव लोकपालले १ गोल गरि टिमलाई सान्त्वना दिलाएका थिए ।शनिबारको सम्पन्न खेलको म्यान अफ द म्याच कपिलवस्तु -११ का गोलकिपर दिपक राना घोषित भए ।म्यान अफ द म्याच पुरस्कार खेल संयोजक आशिष् कार्कीले प्रदान गर्नुभयो । आइतबारको खेल कालिका स्पोर्टिङ क्लब चितवन भर्सेस फर्साटिकर युवा क्लब रातो बीच हुने खेल संयोजक आशिष् कार्कीले बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।