नवलपरासी/ १५ चैत चर्चित गायक स्वरुपराज आचार्यको स्वर रहेको सँगै जिउने बोलको गितको म्यूजिक भिडियोको सुटिङ कार्य पुरा भएको निर्माण टिमले बताएको छ । म्यूजिक भिडियोको सबै छायाङकन बर्दघाटमा गरीएको हो । गितमा बरिष्ठ संगितकार सुरेश अधिकारीको संगित,यदिन गजमेरको शब्द रहेको छ । सहयोगी मिडिया प्रालीको व्यानरमा बन्ने उक्त गितको भिडियोको निर्माण सुरज कुमारले गर्ने भएका छन् । म्यूजिक भिडियोको अभिनयमा भने सबै स्थानिय नयाँ अनुहारको देख्न सकिने छ । गितको कथा अनुसार मुख्य भूमिकामा सुरज कुमार र सम्झना सुवेदी रहेका छने भने सहायक भूमिकामा मुक्ति तिवारी,करण सुनार लगायत अन्य कलाकारको अभिनय रहेको छ । संजिव रेगमी र सुजल रेग्मीको छायाङकन रहेको म्यूजिक भिडियोको प्रायोजन रोयल कटेजले गरेको छ । भिडियोको निर्देशन करण सुनारले गरेका छन् ।माया प्रेमलाई चित्रण गरिएको गितको भिडियो छिटै बजारका आउने निर्माण पक्षले जानकारी दिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।