सियारी प्रथम अध्यक्ष कपको उपाधी दुर्गा युवा क्लबलाई

तुलसी राम पौडेल –
सियारी, फाल्गुन २३
सियारी खेलकुद समतिको आयोजनामा सियारी -७ कनरीको खेलमैदानमा फाल्गुन १६ देखि संचालित प्रथम अध्यक्ष कप रनिङ्गशिल्ड प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलको उपाधी दुर्गा युवा क्लबलाई प्राप्त भएको छ । सोमबार सम्पन्न फाइनल खेलमा सियारी -१ का दुर्गा युवा क्लब र सियारी -१ कै हाटी अमवा युवा क्लब बिच प्रतिस्पर्धा भएको थियोे । दुर्गा युवा क्लबले शुन्यका विरुद्ध ३ गोलको अन्तरले हाटी अमवा युवा क्लबलाई पराजित गरि उपाधी हासिल गर्न सफल भएको हो।
दोस्रो हाफको ९ औ मिनेटमा दुर्गा युवा क्लबका जर्सी नम्बर ३ का रिजन पुनले पहिलो गोल गरेका थिए ।त्यसै गरि दुर्गा युवा क्लबकै जर्सी नम्बर १४ का सुबिन बिकले टिमको लागि दोस्रो गोल गरेका थिए। सोही टिमकै जर्सी नम्बर ९ का तारासिह थापाले २५ औ मिनेटमा टिमको लागि तेस्रो गोल गरेका थिए ।
प्रतियोगितामा बिजेता दुर्गा युवा क्लबले नगद ३० हजार ,शिल्ड कप र प्रमाणपत्र प्राप्त गरे भने उप बिजेताले नगद २० हजार रुपैया ,शिल्ड ,कप,प्रमाणपत्र प्राप्त गरेका थिए
सोमबार नै गाउपालिका कर्मचारी र शिक्षकहरू बिच सम्पन्न मैत्रीपुर्ण फुटबल प्रतियोगितामा शिक्षक टोलिले शुन्यका विरुद्ध १ गोल गरि विजय भएको थियोे ।

।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले पुरस्कार बितरण गर्दै खेललाई हारजितको रुपमा होइन लुकेको प्रतिभालाई विकास गर्ने माध्यमको रुपमा लिनुपर्ने बताउनु भयो ।सियारी गाउपालिकाले गाउपालिका मार्फत खेलकुद समितिको गठन गरेर गाउपालिकाभित्र रहेका युवाहरुको प्रतिभा छनौट गर्न थालेको बताउनु भयो।
गाउपालिकाले खेलकुदको माध्यमबाट युवाहरूको प्रतिभाको बिकास गरि शारीरिक ,आर्थिक विकास गराउन खोजेको उहाको भनाइ रहेकोे थियोे ।युवाहरूको खेलकुद बिकासको लागि अगाडि बढ्न खोज्नेलाई लाग्ने सम्पूर्ण खर्च गाउपालिकाले व्योहोर्ने बताउनु भयो ।खेलको माध्यमबाट गाउपालिकालाई रास्टिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने अध्यक्ष अयोध्याको भनाइ थियोे ।
कार्यक्रममा सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ , गाउपालिका विभिन्न वडाका वडा अध्यक्ष ,वडा सदस्यहरु , प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,लेखा प्रमुख नारायण पौडेल ,योजना प्रमुख रोमलाल पुरी,प्रशासन प्रमुख चिरञ्जीवी गौतम ,खेलकुद समितिका पदाधिकारी लगायतको उपस्थिति रहेकोे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot