तुलसीराम पौडेल /सियारी, फाल्गुन १६ रुपन्देहीको सियारी गाउपालिका अन्तरगत सियारी खेलकुद समितिको आयोजनामा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सियारी -७ कनरी खेलमैदानमा सोमबारदेखि शुरु भयो। सोमबार द राइजिङ्ग युवा कलब सियारी -७ र दुर्गा युवा क्लब सियारी -१ का बिच सम्पन्न प्रतियोगितामा दुर्गा युवा क्लबले २ का विरुद्ध ७ गोलको अन्तरले राइजिङ्ग क्लबलाई पराजित गरि बिजय भएको छ। प्रतियोगितामा खेल शुरु भएको चौथो मिनेटमा दुर्गा युवा क्लबका जर्सी नम्बर ७ का आकाश कुवरले पहिलो गोल गरेका थिए। त्यसै गरि द राइजिङ्ग क्लबका जर्सी नम्बर ६ का चन्द्रीका चौधरीले १० औं मिनेटमा गोल गरि बराबर गराएका थिए । त्यसपछि दुर्गा क्लबका जर्सी नम्बर ९ का तारासिह थापाले १७ र ३४ औं मिनेटमा लगातार २ गोल गरेका थिए ।त्यही टिमका जसी नम्बर ११ का सुगम अधिकारीले २६ औं मिनेटमा १ गोल गरेका थिए । सेकेन्ड हाफमा फेरि दुर्गा युवा क्लबका जर्सी नम्बर १२ का विबिध सेन ठकुरीले ३० औं मिनेटमा १ गोल ,सोही टिमका जर्सी नम्बर १० का सतिस गुरुङले ३१ औ मिनेटमा १ गोल र सोही टिमकै जर्सी नम्बर १६ का सुगम ठकुरीले ३३ औ मिनेटमा १ गोल गरेका थिए । जवाफीमा द राइजिङ्ग क्लबका जर्सी नम्बर चन्द्रीका चौधरीले १० औ मिनेटमा १ गोल र सोही टिमका जर्सी नम्बर ११ का रोहित काहारले ३४ मिनेटमा १ गोल गरि टिमको लागि दोस्रो गोल फर्काउन सफल भएका थिए । प्रतियोगितामा ११ टिमले भाग लिएका छन् । बुधबार अमवा युवा क्लब “बि” सियारी -७ र ध्रुव तारा शान्ति युवा क्लब सियारी- ५ बीच प्रतिस्पर्धा हुनेछ।बुधबार नै अमवा युवा क्लब ” ए” सियारी -७ र मिलनचोक -११ सियारी -६ बीच प्रतिस्पर्धा हुने आयोजकले बताएका छन् । प्रतियोगिता सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको थियो ।सो अवसरमा बोल्दै उहाँले प्रतिभावान युवाहरुले कुनै पनि खेलमा अगाडि बढ्न खोजेमा लाग्ने सम्पूर्ण खर्च गाउपालिकाले ब्यहोर्ने बताउनु भयो।खेलकुदको विकासको लागि गाउपालिकाले गाउपालिका स्तरमा खेलकुद समिति निर्माण गरि खेलकुद अन्तरगत फुटबल ,क्रीकेट ,कवड्डी गरि ३ वटा प्रशिक्षकको व्यवस्था गरेको बताउनु भयो।सियारी खेलकुद समितिका संयोजक प्रकाश रेग्मीले खेल अनुशासन पुर्वक खेलेर सम्पन्न गर्नुपर्ने बताउनु भयो । सियारी गाउपालिका खेलकुद विकास समितिका संयोजक प्रकाश रेग्मिको अध्यक्षता ,गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईको विशिस्ट आतिथ्यता तथा प्रशासन प्रमुख चिरञ्जीवी गौतमको आतिथ्यमा सम्पन्न भएको हो। गाउपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन खेलकुद विकास समिति सदस्य कमल श्रीसले गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।