राष्ट्रिय दैनिक / नवलपरासी , १४ फाल्गुन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ४ नर्सहीमा दोस्रो सुस्ता अध्यक्ष कप खुल्ला पुरुष फुटवल प्रतियोगिता शुरु भएको छ । ” स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद ” मुलनारा साथ सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीकाे प्रमुख अातिथ्यतामा फुटबल उदघाटन भएको हाे । प्रमुख अतिथि अधिकारीले विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो । कार्यक्रममा अध्यक्ष पाण्डेले खेलकुदका लागि पालिकाले आफ्नो क्षमता अनुसार काम गरेको जानकारी दिए । उनले युवा पंक्तिलाई सही मार्गमा ल्याउन समेत खेलकुदको बिशेष भुमिका हुने बताउनुभयो । कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनी ,सरावल खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चौधरी,मदन भण्डारी स्पोर्ट्स एकाडेमीका केन्द्रिय सदस्य डा.सुबास चन्द चौधरी लगाएतले बोल्नुभएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न तहका खेल प्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको अधिकृत पौडेलले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य सुस्ता गाउँपालिका वार्ड न ४ का वडाध्यक्ष अशोक कुमार गुरुङ्ग र संचालन सुस्ता गाउँपालिका कार्यालयका योजना तथा प्रशासन प्रमुख बिष्णु प्रसाद ढकालले गर्नुभएको थियो खेल संयोजक धीरज गुरुंगका अनुसार प्रतियोगिताको उद्घाटनकै दिन भएको प्रतियोगितामा सुस्ता ११ र नव युवा कल्ब बर्दघाट १६ सुर्यनगरबीच खेल भएको छ । खेलमा सुस्ता ११ लाई नव युवा कल्ब बर्दघाट १६ सुर्यनगरले ० का बिरुद्ध एक गोलले पराजित गरेको छ । प्रतियोगितामा १२ टीम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० लाख रुपैया र द्धितीय हुने टिमले १ लाख प्राप्त गर्नेछन् । त्यस्तै फागुन २५ गते राइजिङ स्टार भुमही र मायादेवी युवा क्लब देवदहबीच खेल हुने गुरुंगले जानकारी दिनुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।