राष्ट्रिय दैनिक / नवलपरासी , ६ फाल्गुन सरकारले स्थानीय तह निर्वाचनका लागि वैशाख ३० गते देशभर एकै चरणमा गर्ने निर्णय गरेसंगै कुन पार्टीबाट काे उम्मेदवार बन्ने भन्ने चर्चाले तिव्रता पाएकाे छ । यस्तै नवलपरासीको विभिन्न पालिकाकाहरुमा पनि पछिल्लो समय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिहरुले तिब्रता पाएका छन् । यसैबीच पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिकामा पनि स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी शुरु गरेका छन् । आगामि स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट सरावल गाउँपालिकाकाे अध्यक्ष पदको उमेदवारका लागि वर्तमान अध्यक्ष राधेश्याम चाैधरीले आफु पुनः दोहरीने इच्छा जाहेर गरिरहनु भएको छ। त्यसैगरी काङ्ग्रेसबाट नै प्रदिप कुमार अग्रहरी, अनिल कुमार गाैड र वर्तमान उपाध्यक्ष उत्तमा राय पनि पालिका अध्यक्षकाे सम्भावित उम्मेदवार रहने इच्छा जाहेर गरेकी छिन । त्यस्तै पार्टी निकट स्रोतका अनुसार नेकपा एमालेबाट सुखाडी प्रसाद चाैधरी , पन्चराम चाैधरी , जगदीश चाैधरी , सुशान्त शर्मा घिमिरे र देवराज चाैधरी लगाएको सरावल पालिका अध्यक्ष पदको उम्मेदवार रहने आकांक्षी देखिएका छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पहलाद पासवान र प्रकाश भट्टराई सरावल गाउँपालिका अध्यक्ष पदको उम्मेदवार रहने आकांक्षी देखिएका छन्। त्यस्तै जसपाबाट इन्द्र कमल यादव र निर्मल यादव पालिका अध्यक्ष पदको लागि उम्मेदवार रहने आकांक्षी देखिएका छन्। त्यस्तै जनमत पार्टीबाट सैलेश चाैधरी र सारदा चाैधरी पालिका अध्यक्ष पदको उम्मेदवार रहने संभावना बलियो देखिएको छ । त्यसैगरी लाेसपा पार्टीबाट सुभान अन्सारीको उम्मेदवारी रहने बताइएको छ । त्यस्तै राप्रपाबाट सरावल गाउँपालिका अध्यक्षमा अाेम प्रकाश चाैधरी र नरेश चाैधरी उम्मेदवार रहने संभावना देखिएको छ । त्यसैगरी नेकपा माअाेवादी केन्द्र र जनता प्रगतिशील पार्टीबाट सरावल गाउँपालिकामा हाल उम्मेदवारहरुको चर्चा भने कम देखिएको छ । सरावल गाउँपालिका अध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी गरेपनि हाल पार्टीहरुले उम्मेदवारको अाैपचारिक घाेषणा भने गरेका छैनन् । सात वटा वडा रहेको सरावल गाउँपालिका हाल २७ हजारकाे हाराहारीमा मतदाताहरुले स्थानिय तहको आगामि निर्वाचनमा मतदान गरी उमेददार चयन गर्नेछन । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्नेहरुको पनि लहर चल्न थालेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।