चोक देखि चिया पसल सम्म चुनावकै चर्चा

उमेश बि.क / नवलपरासी , १ फाल्गुन

यतिबेला नवलपरासीका गाउँबस्तीमा चुनावको निकै चर्चा भइरहेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति सार्बजनिक गरेसँगै स्थानीय तहमा चुनावी चर्चा शुरु हुन थालेको छ ।

निर्वाचनको मिति तय भएसँगै चोक देखि चिया पसल सम्म नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष , गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षका लागि प्रतिस्पर्धा गर्नेहरुका बारेमा चर्चा तीव्र बनेको छ। 

स्थानीय तहको चुनाव मिति घोषणा भएदेखि राजनीतिक दलहरू आफ्नो पक्षमा माहोल बनाउन गाउँ बस्तीमा घुमिरहेका छन। मत आफ्नो पक्षमा पार्न दलहरूले पनि गाउँगाउँमा चुनाव केन्द्रित बैठक र छलफल तथा संगठन विस्तार एवं भेटघाट कार्यक्रम तीव्र पारेका छन्।

स्थानीय तहमा कुन पार्टीबाट कसले टिकट पाउला, कसले चुनावमा जित्ला, कुन तहमा कसको वर्चस्व रहला भन्ने विषयमा जताततै बहस हुन थालेको छ।

चुनाव लक्षित गरेर गाउँमा पार्टीका गतिविधि अघि बढाएको नेताहरूले बताएका छन । जिल्लाका गाउँ, सहर सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाएको छ। प्रमुख दलका नेताहरू गाउँ पस्न थालेपछि मतदाता अबचाहिँ चुनाव हुन्छ भन्नेमा आशावादी बनेका छन्।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर वडा भेला र गाउँ भेला गरिरहेको कांग्रेस नेता बिनाेद पाण्डेयले जानकारी दिनुभएको छ ।

युवामा उत्साह

चुनावी माहोल तातेसँगै युवामा उत्साह छाएको छ। स्थानीय तह निर्वाचन घोषणाले गाउँगाउँका युवा आआफ्नो पार्टीको सिद्धान्त बोकेर निर्वाचन हुनुपर्छ भन्दै हिँड्न थालेका छन्।

जन्मेपछि पहिलो मतदानमै युवा नेतालाई मतदान गरेर विजय गराउनेतिर युवा लागिपरेका छन्। ‘यसअघिको स्थानीय निर्वाचन बुभ्नै पाइएन, अहिले महत्त्व बुझेका छौं’, प्रतापपुर गाउँ पालिकाका युवा अनाेज यादवले भने, ‘अबको नेतृत्व युवाले गर्नुपर्छ भन्नेमा हामी लागेका छौं।’

स्थानीय तहको निर्वाचनमा युवा अघि बढाउनुपर्ने रामग्रामका युवा विकास घिमिरेले बताए। मुलुकमा युवा पलायन भएकै कारण विकासले गति लिन नसकेकाले स्थानीय तहमा युवाको जिम्मेवारी महत्त्वपूर्ण रहेको युवा नेता घिमिरेले बताएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot